दमौलीमा तीन दिने राष्ट्रिय साहित्यिक सम्मेलन हुँदै, कविता प्रतियोगिता पनि हुने

गण्डकी वाङ्ग्मय प्रतिस्ठान तनहुँको आगामी फागुन २४ देखि २६ गतेसम्म दोस्रो राष्ट्रिय साहित्यिक सम्मेलन गर्ने भएको छ।

तनहुँ सदरमुकाम दमौलीमा हुने कार्यक्रम तीन दिनसम्म चल्ने प्रतिस्ठानका अध्यक्ष सागर उदासले जानकारी गराए।

सम्मेलनमा देशभरका साहित्यकारलाई समेट्ने योजना रहेको उनले बताए। लगभग एक हजार दूई सय भन्दा बढी साहित्यकार हरुको जमघट गराउने उद्देश्य रहेको र कविता प्रतियोगितासमेत आयोजना गरिने उनले जानकारी दिए।

प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो तथा सान्त्वना हुनेहरुलाइ क्रमशः ५५ हजार, ४० हजार २५ हजार र सान्त्वना ६ जनालाई जनही १०/१० हजारका दरले पुरस्कृत गरिने अध्यक्ष उदासले जानकारी दिए।

दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुन लागेको हो। यसअघि २०५३ फागुन १ गते पहिलो सम्मेलन भएकोमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले आगामी फागुन २४, २५ र २६ गते दोस्रो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको हो ।

भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै साहित्यिक जागरणका लागि राष्ट्रिय साहित्य सम्मेलन गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा वाङ्मयका अध्यक्ष अर्जुन अधिकारीले बताए । नेपाली भाषाका धरोहर आदिकविको जिल्ला भए पनि साहित्यिक कार्यक्रम निकै कम हुने गरेकाले साहित्यक जागरण ल्याउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको अधिकारीले बताए ।

अधिकारीका अनुसार हाल नेपाली भाषामाथि आक्रमण बढ्दै गएकाले भाषामाथिको आक्रमण रोक्ने प्रयास स्वरुप कार्यक्रम गर्न लागिएको छ । ‘आदिकवि भानुभक्त, वेदव्यास जन्माएको यस जिल्लामा साहित्यिक कार्यक्रम कम भएका छन्, साहित्यको जगेर्ना गर्न कार्यक्रम फलदायी हुनेमा विश्वस्त छौं,’ अधिकारीले भने । साहित्य सम्मेलनमा ७ वटै प्रदेशबाट रचना संकलन गरिनेछ ।

संकलन गरिएका कवितामध्ये उत्कृष्ट छनोट गरी साहित्य सम्मेलनमा वाचन गराइने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार संकलन भएका कवितामध्ये अन्तिम ३० वटा कवितालाई प्रतियोगितामा सहभागी गराइनेछ । २३ वर्ष अघिको प्रतियोगितामा बागलुङका साहित्यकार भूपिन व्याकुलको ‘नदीहरु मान्छे जस्ता हुँदैनन्’ कविता प्रथम उत्कृष्ट भएको थियो ।

साहित्य सम्मेलन सम्पन्न गर्न प्रतिष्ठानका अध्यक्ष अधिकारीको संयोजकत्वमा १ सय २१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलन सम्पन्न गर्न करिब २१ लाख खर्च हुने अनुमान गरिएको सम्मेलनका आर्थिक समिति संयोजक समुन्द्र गोदारले बताए । सम्मेलनबाट बचेको रकमबाट अक्षयकोष स्थापना गर्ने सोच राखिएको छ ।

प्रतिष्ठानले प्रत्येक महिनाको दोस्रो शनिबार साहित्यवाचन कार्यक्रम गर्दै आएको छ । मासिक साहित्यवाचनमा जिल्लाका साहित्यकारले आफ्नो रचनावाचन गर्दै आएको प्रतिष्ठानका सचिव अन्जु दाहालले जानकारी दिइन् ।

कसरी सहभागी हुने?

प्रकाशित मिति: : 2020-02-15 13:30:35

प्रतिकृया दिनुहोस्