राष्ट्र बैङ्कले दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैङ्कले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैङ्कले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैङ्कले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ। बैङ्कले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
 

प्रकाशित मिति: : 2020-02-17 04:35:14

प्रतिकृया दिनुहोस्