विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा हलिउड प्रस्तुतीका लागि छानिएका छन्।
आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन्। उनले अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिएका थिए। दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन्।
प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे चर्चा गरेका थिए। उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए। उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए।
काठमाडौंका दिवेश पोखरेल हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्।