चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ७० पुग्याे, ७० हजारभन्दा बढी संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ सय ७०  पुगेको छ। 

सोमबारमात्र कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेई प्रान्तमा सोमबार १ सय जनाको मृत्यु भएको थियो भने अन्य स्थानमा  ५ जनाको मृत्यु भएको थियो।  प्रान्तमा १ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १ हजार ६ सय ९० जना हुवेई प्रान्तको राजधानी वुहानमा नै रहेका छन्।

हुवेईको स्वास्थ्य आयोगका अनुसार हुवेईमा मात्र मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ जना र संक्रमितको संख्या ५८ हजार १ सय ८२२ जना रहेका छन्।

 योसँगै चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।

चीनसमेत विश्वभर गरी कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ।

कोरोना भाइरसको संक्रमणविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका हुबेई प्रमुख यिङ योङले कडा कदम चालेका छन्। पार्टीको प्रान्तीय प्रमुख भएपछि उनले पहिलो कदमस्वरुप कर्मचारीको धेरै तत्कालै काम गर्न सक्ने संयन्त्र निर्माण गरेका छन्।

उनले भनेका छन् रोग नियन्त्रणका लागि चिकित्सकीय सेवा र स्वास्थ्य शिक्षा तुरुन्तै पुर्‍याउनुपर्ने अवस्था छ।

प्रकाशित मिति: : 2020-02-18 02:08:01

प्रतिकृया दिनुहोस्