राष्ट्रियसभा: दुई जना सांसदको निधनमा शोक प्रस्ताव पारित

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभाले दुई जना सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

सोमबार बसेको बैठकले नेपाली का‌ग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्याय र पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको फागुन २ गते शुक्रबार आफ्नै निवासमा निधन भएको थियो। सांसद उपाध्याय २०७४ सालको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर ५ बाट कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा निवाचित भएका थिए।

पूर्वसंविधानसभा सदस्य सोमानीको गत माघ २५ गते शनिबार आफ्नै निजी निवास झापामा निधन भएको थियो।

मृतकप्रति शोक प्रकट गर्दै राष्ट्रिय सभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। राष्ट्रिय सभा सदस्यहरुले एक मिनेट मौन धारण पनि गरे।

राष्ट्रियसभाको अर्को बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ।
 

प्रकाशित मिति: : 2020-02-18 04:47:19

प्रतिकृया दिनुहोस्