फुयाँल बने बागमती प्रदेशका मन्त्री, सपथ साँझ ५ बजे

बागमती प्रदेश सरकारले भौतिक योजनामन्त्रीमा रामेश्वर फुयाँललाई चयन गरेको छ। उनको आज साँझ ५ बजे सपथग्रहण कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले बताए।

यसअघि गत माघ २९ गते फुयाँललाई सपथ खुवाउने कार्यक्रम अन्तिममा आएर नेकपाकी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले रोकिदिएकी छिन्। 

नेकपाकी सो प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पौडेलले पार्टीनिर्णयबिना नै नियुक्त गरेको भन्दै सपथग्रहण रोकिदिएकी हुन्।

प्रकाशित मिति: : 2020-02-18 05:46:13

प्रतिकृया दिनुहोस्