‘इमोसनल भएर रोएका हौँ, आँसु सस्तिएर होइन’: धुर्मुस-सुन्तली

नेपालन्यूज

काठमाडाैं

कलाकारको आँसु पर्दामा कथाको मागअनुसार देखिनुपर्ने हो। तर, नेपाली कलाकर्मी पर्दामा मात्र नरहेर यत्रतत्र आफ्ना आँसु पोखिरहेका हुन्छन्।

पर्दामा होस् या वास्तविक जीवनमा, उनीहरू आँसुसँगै खेलिरहेका हुन्छन्।

‘आँसु’ शब्द आफैंमा यति गहन छ कि खुट्याउनै गाह्रो। दुःखका आँसु कि सुखका आँसु। अनि, आँसुमाथि प्रश्न गर्न पनि उत्तिकै कठिन छ।

यद्यपि, नेपाली फिल्म बजारमा प्रचारका लागि आँसुको सस्तो व्यापार गर्न थालिएको आरोप लाग्ने गरेको छ। पत्रकारका क्यामेरामा उनीहरूको आँसु जताततै छचल्किन्छ र, समाचारका ‘हेडलाइन’ बन्छन्।

यसै सन्दर्भमा गत माघ १५ गते सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक कार्यक्रमपछि ‘आँसुको व्यापार’ गरेको भन्दै समाचार आए। धुर्मस-सुन्तलीले आँसु पोखेको विषयबारे थुप्रै हेडलाइन बने।

कलाकारिता छाडेर पछिल्लो समय सामाजिक सेवामा लागेका धुर्मुस-सुन्तली पेसा, परिवार त्यागेर समाजसेवा गर्दै आएको भन्दै स्टेजमै भावुक भएका थिए।

प्रकाशित मिति: : 2020-02-19 11:11:59

प्रतिकृया दिनुहोस्