स्विस दूतावास भन्छ– बास्कोटासँग गरिएको लेनदेनबारे हामी जानकार छैनाै‌ं

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालस्थित स्वीटरल्याण्डको दूतावासले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे आफू जानकार नभएको जनाएको छ। 

स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग ७० करोड कमिसनको बार्गेनिङ गरिरहेको अडियो टेप बाहिरिएपछि बाँस्कोटाले राजीनामा दिएका छन्।

दूतावासले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन। न त यसमा कुनै संलग्नता छ।’

समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा नभएको पनि जनाएको छ। ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहन्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग निकट भविष्यमा कुनै छलफल तोकिएको थाहा छ।’

निवर्तमान मन्त्री बाँस्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूतावासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ। अडियोमा दूतावासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो।


 

प्रकाशित मिति: : 2020-02-21 06:11:18

प्रतिकृया दिनुहोस्