प्रचण्डले भने– उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि आफैंले आफैंलाई सिध्याउँदा रहेछन्

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्ट पार्टीको नियतमा खतराका संकेत देखिएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एउटा कमिसन काण्डमा मुछिएर राजीनामा दिएको भोलिपल्ट यस्तो प्रतिक्रिया दिएका हुन्।
 
‘कम्युनिष्टहरू आफ्नो आदर्शबाट च्युत भएपछि, आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति पनि चाहिँदो रहेनछ, सेना पनि चाहिँदो रहेनछ, बन्दुक पनि चाहिँदो रहेनछ। आफैंले आफैंलाई सिध्याउँदा रहेछन्,’ उनले भने।

उनले कम्युनिष्टहरू सत्तामा पुगेपछि जनताबाट टाढिने गरेको पनि बताए।

‘हिजो मृत्युलाई सामना गरेर, जस्तोसुकै तपस्या गर्न तयार हुने, प्रतृक्रियावादीका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मानिस शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै हुने, जनताबाट अलिअलि कटेकोजस्तो हुने र जनभावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने गरेको छ,’ प्रचण्डले भने।

प्रकाशित मिति: : 2020-02-22 01:34:25

प्रतिकृया दिनुहोस्