नविनको ‘आँखामा तिमिलाई’को म्युजिक भिडियो सार्वजनिक

करिब २५ वर्ष अगाडी चर्चाको शिखर चुम्न सफल गायक नविन के भट्टराईको परिचय बोकेको गीत ‘आँखामा तिमिलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ। नविनको पहिलो गीति संग्रह ‘रहरै रहर’मा संग्रहित यो गीतलाई नविन र सम्बित भट्टराईले लेखेका हुन्। यति बेला भिडियो सार्वजनिक गर्दा पुराना कुराहरु याद आइरहेको र त्यो बेलाको संगीत सुन्ने पुस्ता र अहिलेको पुस्तालाई जोड्न यो भिडियो सार्वजनिक गरेको नविन बताउछन्। 

नितिन चन्दले निर्देशन गरेको यो भिडियोमा होम दवाडी र निर्जल खनालको अभिनय हेर्न सकिन्छ। विजय भण्डारीले खिचेको यो भिडियोको सम्पादन योर स्टाइलले गरेको छ। 

आँखामा तिमीलाई गीतले धेरै श्रोताहरुको मनमा बसेर सफलता पुनः सफल भएको थियो। त्यसैले पनि २५ वर्षपछि भिडियो मार्फत फेरि दर्शक श्रोतहरु माझ आएको हुनाले पहिले जस्तै माया पाउने आशा रहेको नविनले बताए। 

‘यो गीतलाई सबैले आफ्नोआफ्नो कथासँग जोड्नु भएको होला तर हाम्रो टिम ले बनाएको यो कथा पनि पक्कै सबैलाई मन पर्ने छ,’ उनी भन्छन्। गीतलाई नबिनले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन्।

 

प्रकाशित मिति: : 2020-02-22 06:55:25

प्रतिकृया दिनुहोस्