प्रधानमन्त्रीलाई सरकार चलाउने नैतिक अधिकार रहेन: कोइराला

नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले प्रधानमन्त्रीलाई सरकार चलाउने नैतिक अधिकार नरहेको बताएका छन्। 

प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा सरकारमै रहेका व्यक्तिको संलग्नता रहनुले अब प्रधानमन्त्रीलाई वर्तमान सरकार चलाउने नैतिकता नभएको बताएका हुन्।

‘बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका व्यक्तिहरु सहभागी हुनुहुन्छ भन्ने देखिन्छ, उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो।’

कोइरालाले अख्तियारले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई छुट दिएको भन्दै असन्तुष्टि जनाए। ‘कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिनुहुँदैन,’उनले भने,‘ कानुन सबैलाई बराबर हो, यदि कसैलाई लाखार र कसैलाई पाखा गरे कानुनमाथि भएको विश्वास उड्ने छ।’
 

प्रकाशित मिति: : 2020-02-23 02:44:20

प्रतिकृया दिनुहोस्