जहाँ पर्यटक टाकटाक-टुकटुक हेर्न आउँछन्

पाटन संग्रहालयको टिभीमा चलिरहेको दृष्य। तस्बिरः समिक्षा अधिकारी/सेतोपाटी

पाटन संग्रहालयभित्र मूलचोकबाट सुन्दरीचोक जाँदै गर्दा कानमा कुनै आवाज ठोक्किन्छ, टाकटाक-टुकटुक। केही खोपेजस्तो, केही ठोकेजस्तो, केही कुँदेजस्तो त्यो एकनासे आवाज पछ्याउँदा एउटा कोठामा पुगिन्छ।

कोठाभित्र ठूलो टिभी चलिरहेको छ। टिभीमा केही मानिस काठको काम गरिरहेका देखिन्छन्। काठमा बुट्टा कुँदिरहेका छन्। 

१८ औं शताब्दीमा निर्मित हरिशंकर मन्दिर ०७२ को भुइँचालोमा भत्किएको थियो। त्यही मन्दिर पुनर्निर्माण सिलसिलामा काष्ठकर्मीहरूले काठमा बुट्टा कुँद्दाको आवाजसहित दृश्य टिभीमा देखाइएको हो।

पुनर्निर्माण क्रममा पाटन दरबारभित्र अस्थायी टहरामा काष्ठकलाको काम भइरहेको थियो। यही काम हेर्न पर्यटकको भिड लाग्न थालेपछि दृश्य कैद गरेर पछिसम्म देखाउने योजना बनेको संग्रहालयका क्युरेटर सुनील पाण्डे बताउँछन्।

प्रकाशित मिति: : 2020-02-23 21:29:56

प्रतिकृया दिनुहोस्