काेरियास्थित नेपाली दूतावासले भन्याे– काेराेना भाइरसबाट सतर्कता अपनाउनु

पछिल्लो समय दक्षिण कोरियामा फैलिएकाे कोरोना भाइरसकाे संक्रमणबाट जाेगिन सोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई आग्रह गरेकाे छ। आइतबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै श‌ंका लागेकाे खण्डमा स्वास्थ्य चाैकीमा पुगेर उपचार गर्न आग्रह गरेकाे छ। 

काेरियामा हाल ९० हजारकाे हाराहारीमा नेपाली कामदार रहेका छन्। जसमा कानुनी रुपमा ८० हजार र १० हजार गैरकानुनी रुपमा बसेकाे अनुमान गरिन्छ। दूतावासले सार्वजनिक गरेकाे विज्ञप्तीमा गैरकानुनी रुपमा बसाेबास गर्ने विदेशी नागरिकलाई पक्राउ गर्ने नीति नभएकाे भन्दै शंका लागेकाे खण्डमा उपचार गराउन आग्रह गरिएकाे छ। 

हिडडुल गर्दा संक्रमित संख्या बढ्न सक्ने हुनाले कोरियामा रहेका नेपाली विद्यार्थी र कामदारलाई सतर्कता अपनाउन दूतावासले अपिल गरेको छ।

केही दिनयता दक्षिण कोरियामा कोभिड-१९ अर्थात कोरोना भाइरसको प्रकोप महामारीको रुपमा फैलिन थालेपछि नेपाली कामदार अन्याैलमा देखिएका छन्। फेब्रुअरी ९ तारिख भाइरस संक्रमित एक महिला थेगुमा रहेको शिन्छेङ्गी चर्चमा प्रार्थनाका लागि पुगेपछि त्यहीँबाट संक्रमणले महामारीको रुप लिएकाे कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ।

शुक्रबार एकै दिन थप सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हाल संक्रमितको संख्या ५ सय ५६ पुगेको सरकारी अधिकारीले बताएका छन्। संक्रमित मध्ये १ सय ५३ जना थेगुको दक्षिणी भेकका रहेकाे बताइन्छ।

प्रकाशित मिति: : 2020-02-24 01:34:53

प्रतिकृया दिनुहोस्