टोखाका तीन सय कुकुरलाई रेविजविरुद्धको ‘भ्याक्सिन’

टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ।

काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण ‘भ्याक्सिङ’ कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले जानकारी दिए।

'छाडा कुकुरबाट हुने ‘वर्थ कन्ट्रोल’का लागि ५५ पोथी कुकुरलाई बन्ध्याकरण गरेका छौँ', उनले भने, 'एक कुकुरको बन्ध्याकरणका लागि रु छ हजार लाग्ने गरेको छ।'

नगरपालिकाभित्रका छाडा पशुपन्छी संरक्षणका लागि ‘कान्जि हाउस’ निर्माणसमेत गरिने उनको भनाई छ। कान्जि हाउस निर्माणका लागि जग्गा खोजीकार्य भइरहेको नगरपालिकाले जनाएको छ।

कान्जी हाउस निर्माणका लागि वागमती प्रदेश सरकारले रु ७५ लाख बजेट सो नगरपालिकालाई उपलब्ध गराइसकेको छ भने चालू आर्थिक वर्षमा नगरपालिकाभित्र पालन गरिएका पशुपन्छीका लागि रु पाँचलाखको औषधि तथा भिटामीन वितरण गरिएको छ। 

प्रकाशित मिति: : 2020-02-24 02:38:23

प्रतिकृया दिनुहोस्