८७ सांसदले लिए उपचार खर्च, ३ सय ५० देखि करीब साढे ४ लाखसम्मको बिल [सूचीसहित]

जनप्रतिनिधिले सामान्य उपचार खर्च समेत दाबी गर्नु नैतिकताको प्रश्न : सुशासन विज्ञ

सुशील पन्त

काठमाडौँ

ज्यकोषबाट आकर्षक तलबभत्ता लिइरहेका संघीय संसद्का ८७ जना सांसदले उपचार खर्चका नाममा राज्यकोषबाट सुविधा लिएको पाइएको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा उपचार खर्च लिन पाइने उल्लेख छ, तर ऐनमा व्यवस्था भयो भन्दैमा सामान्य चेकजाँचको बिल समेत पेश गरेर उपचार खर्च बुझ्नु नैतिकताको प्रश्न भएको सुशासन क्षेत्रमा सक्रिय अभियान्ताहरू बताउँछन् । 

२०७५ भदौदेखि २०७६ माघसम्मको करीब १८ महिनामा सांसदहरूले २६ लाख २७ हजार ३ सय १० रुपैयाँ ५० पैसा उपचार खर्च बुझेका छन् ।

राजधानी काठमाडौं उपत्यकामा घर भएका र आर्थिक अवस्था मजबुत भएका सांसदले समेत ‘उपचार खर्च’ बुझेको देखिन्छ । यसरी सुविधा लिनेमा संसदीय दलका नेता, समितिका सभापति र पूर्वमन्त्रीहरू समेत छन् ।

प्रकाशित मिति: : 2020-02-24 04:02:30

प्रतिकृया दिनुहोस्