सरकारले लिएको संकल्प मेरै कार्यकालमा पूरा हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लिएको संकल्प आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छ। 

पाँचथरको कुम्मायक गाँउपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताका मौलिक हकसँगै अत्यावश्यक पर्ने कुरामा सरकारले लिएको संकल्प आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका हुन्। 

‘मेरो सरकारले गरेका प्रतिवद्धता र संकल्प मेरो कार्यकालमा पुरा हुन्। जनताका मौलिक हकसँगै अत्यावश्यक विद्युत र खानेपानीको महशुल अझै पनि नेपाली जनताले धान्न नसक्ने छ। यसलाई सरकारले परिमार्जन गार्छ,’उनले भने।

सुख्खा क्षेत्रका रुपमा स्थापित पाँचथरको कुम्मायक गाँउपालिकामा पर्ने तत्कालिन यासोक,स्यावु्रम्वा र रानिगाँउका सर्वसाधारणलाई खानेपानी सुविधा दिने उदेश्यले निर्माण गरिएको खानेपानी आयोजना प्रधानमन्त्री ओलीको ६९ औं जन्मोत्सवको अवसर पार्दै उद्घाटन गरेका छन् ।

 

प्रकाशित मिति: : 2020-02-24 10:09:22

प्रतिकृया दिनुहोस्