छिस्तीमा नयाँ स्वास्थ्यचौकी भवन

जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयबाट विनियोजित रु एक करोड ५६ लाख लागतमा सो भवन निर्माण भएको हो।

भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डारलगायतका कक्ष बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिए।

'कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ' उनले भने। नयाँ भवनको निर्माण भएपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर पुलिसाको भनाई छ। 'यसअघि जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता थियो' उनले भने।

प्रकाशित मिति: : 2020-02-25 00:19:06

प्रतिकृया दिनुहोस्