रोमानियामा पक्राउ परेका ८ नेपालीलाई स्वदेश फर्काइदै

भाेला लामिछाने

बुखारेस्ट, रोमानिया

रोमानियामा पक्राउ परेका ८ जना नेपालीहरुलाई स्वदेश फर्काउने प्रयास भइरहेको छ।

वैदेशिक रोजगारीको लागि कामदार भिषामा रोमानियाका बिभिन्न कम्पनीहरुमा कार्यरत ८ जना नेपालीहरु रोमानियास्थित सिमा प्रहरीले गत हप्ता पक्राउ गरेको थियो।

पोर्चुगल छिर्ने क्रममा पक्राउ परेकाहरुलाई नेपाल फर्काउने प्रयास भइरहेको रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले बिएल नेपाली सेवालाई जानकारी गराए। 

उनकाअनुसार आउने हप्ता उनीहरुलाई बुखारेस्ट शहरमा भएको बन्द केन्द्रमा सारिने छ। अहिले उनीहरुलाई आराद शहरमा भएको बन्द केन्द्रमा राखिएको छ।

वाणिज्यदूत पोखरेलले उनीहरुलाई जतिसक्दो चाँडो स्वदेश फिर्ता गराउन हवाई टिकट र आवश्यक डकुमेन्टहरुको तयारी भइरहेको बताए।

स्मरण रहोस्, यसरी अवैध रूपमा सिमापार गर्नेलाई रोमानियामा मात्र होइन युरोपको कुनै पनि मुलुक १० वर्षको लागि जान नपाउने गरी निषेध गरिन्छ।

प्रकाशित मिति: : 2020-02-25 10:27:24

प्रतिकृया दिनुहोस्