रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर उडानमा भेटियो त्रुटि नै त्रुटि

भीआईपी उडान प्रक्रिया नै छैन

अनलाइनखबर

काठमाडाै‌ं

अच्युत पुरी

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सेवा प्रदायक कम्पनीबाट समेत  विशिष्ट व्यक्ति (भीआईपी) उडान प्रक्रिया तय नहुँदा हेलिकोप्टरको आफूखुसी उडान गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिका कारण पूर्वपर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकोप्टर दूर्घटनामा परेको पाइएको छ ।

नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर, विशिष्ट व्यक्ति (भीआईपी )को उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।

१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दूर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।

त्यसपछि सरकारले छानविन आयोग गठन गरेको थियो । आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ ।

 

प्रकाशित मिति: : 2020-02-26 00:25:19

प्रतिकृया दिनुहोस्