सडक व्यवस्था सुधारका लागि समन्वयन गर्न गृहकाे सुझाव

उपत्यकाको ट्राफिक व्यवस्था सुधार गर्नको लागि बनाइएको ३७ बुँदे कार्ययोजनाको समिक्षा गर्न गृह मन्त्रालयमा बैठक बसिएको छ। 

मंगलबार बसिएको बैठकमा कार्ययोजनाको प्रगतिकको अवस्थाका बारेमा जानकारी लिइएको थियो। बैठकमा अर्थ, भौतिक तथा यातायात,शहरी विकास, शिक्षा लगायतका मन्त्रालयका प्रतिनीधिहरुको उपस्थिति थियो।

बैठकमा उपत्यकामा सवारी जाम कसरी कम गर्ने र सवारी दुर्घटनालाई न्यून बनाउन अपनाउन सकिने उपायहरुको बारेमा छलफल भएको थियो।

गृहमन्त्री रामबहादुर थापाले सडकको दुरअवस्थाले आर्थिक क्षति पु–याएको बताए। ‘सडक जामले अहिले २.४ प्रतिशत जीडिपीमा आसर पु¥याएको छ,’ उनले भने,‘अफिस समयमा पुग्न सकिदैन, यसले गर्दा आर्थिक क्षति भइरहेको छ।’  सडक सुधारको लागि सबैलाई समन्वयन गरेर अगाडी बढ्न उनले सुझाव दिए।

प्रकाशित मिति: : 2020-02-26 10:13:41

प्रतिकृया दिनुहोस्