रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ भइरहेको हो। यसअघि पटकपटक हेर्न नमिल्नेमा परेको रविको रिटमा आज भने सुनुवाइ भएको हो।
रविका कानुन व्यवसायीहरूले आजै आदेश आउनसक्ने सम्भावना रहेको बताएका छन्।
तर, रविको बन्दी प्रत्यक्षीकरण रिट खारेज हुने सम्भावना धेरै रहेको कानुनका जानकारहरू बताउँछन्। उच्च अदालतको आदेशका आधारमा रवि थुनामा रहेकाले उनको थुनालाई गैरन्यायिक भन्न नमिल्ने उनीहरू बताउँछन्।
तर, सर्वोच्चले उच्चको आदेशमाथि न्यायिक परिक्षण गर्नेछ। त्यसमा सर्वोच्चले जिल्लाको फैसला सदर गर्दै उच्चको फैसला बदर गर्नेमा रविका कानुन व्यवसायीहरू ढुक्क देखिएका छन्।
यदि जिल्लाकै आदेश सदर भएका लामिछाने जिल्लाकै धरौटीका आधारमा थुनामुक्त हुनेछन्। तर, उच्चकै फैसला सदर भएमा उनको कारागार बसाइ लम्बिने छ।