कम्युनिस्ट पार्टी कमाउ धन्दामा किन ?

माक्र्सवादलाई समयानुकूल हेरफेर गर्ने क्रममा कम्युनिस्ट नेता र पार्टी परिमार्जित हुँदै आएका छन्

श्रीप्रसाद प्रसाईं

निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा गएको फागुन ७ गते एकाएक भाइरल बने । जसको कारण चौबीस घन्टा नबित्दै फागुन ८ गते नै मन्त्री बाँस्कोटाले मन्त्री पदबाटै राजीनामा दिन बाध्य हुनुप¥यो । सरकारले खरिद गर्न लागेको सेक्युरिटी प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले मध्यस्थकर्ता विजय मिश्रसँग कमिसनको बारेमा गरेको बार्गेनिङले अन्ततः मन्त्री पद नै गुमाए ।

सेक्युरिटी प्रेस खरिद प्रक्रिया कसरी अगाडि बढाइयो र यस सिलसिलामा गोकुल बाँस्कोटाले के कति रकम कमिसनको अपेक्षाका सन्दर्भमा केकस्तो कुरा गरे भन्ने बारेको बाँस्कोटाकै रेकर्डको विस्तृत रूप यसअघि नै प्रेसमा आइसकेको छ । समष्टिगत रूपमा भन्नुपर्दा निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मात्र होइन, नेपालका अन्य सबै कम्युनिस्ट पार्टीकै स्वच्छतामा दाग लगाउने कार्य गरेका छन् । तर, सत्ताबाहिर रहेका अन्य सबै कम्युनिस्ट पार्टीलाई पनि गोकुल बाँस्कोटालाई झैं समान दृष्टिले हेर्नुहुँदैन । तथापि, कतिपय गैरकम्युनिस्टको नजरमा नेपालका कम्युनिस्ट बाँस्कोटाझैं कमाउ प्रवृत्तिकै छन् भन्ने दृष्टिकोण नहोला भन्न सकिन्न ।

प्रकाशित मिति: : 2020-02-27 01:40:28

प्रतिकृया दिनुहोस्