राष्ट्रियसभातर्फ बढेका गौतमका पाइला रोक्ने अन्तिम कसरतमा ओली

देशसञ्चार

काठमाडौं

दिपा दाहाल 

करिव २७ महिनाअघि चुनावी पराजय बेहोरेपछि बालुवाटार प्रवेश गर्ने महत्वाकांक्षा नबिसाएका नेकपाका नेता वामदेव गौतमका लागि संसद प्रवेशको अवसर नजिक देखियो, बुधबार दिउँसो करिव २ बजेसम्म।

तर त्यसको केही घण्टामै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय सचिवालयको निर्णयविरुद्ध एक्लै उभिएर त्यसलाई छेक्ने प्रयास गरेका छन्।

सचिवालयले जे निर्णय गरेपनि अर्थमन्त्री डा. युवराज खतिवडा नै राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा मनोनीत गराउने आफ्नो दृढता फोनबाट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई सुनाएपछि प्रधानमन्त्री ओली बलियो कि पार्टी ?

अनि खतिवडालाई निरन्तरता दिने ओलीको इच्छामा गौतमको मुखनेर आइपुगेको अवसर के होला? वास्तवमै ओलीले नेपाललाई भनेझैँ उनीविरुद्धको खेल भइरहेको छ?

अब नयाँ चर्चाको विषय बनेका छन् ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय सचिवालयको निर्णय नै निर्णायक हुने भन्दै ओलीलाई चुनौती दिएका छन्।

उनले भने, ‘हामीले बिहान जे निर्णय गरेका छौँ, त्यो मात्रै निर्णायक हो। त्यसपछिको कुरा मलाई थाहा छैन।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी निर्णय उल्ट्याउन नमिल्ने बताएका छन्।

ओलीका आफ्नै ‘एजेण्डा’को पुछारमा राष्ट्रियसभा सदस्यबाट पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनबारे गृहकार्य गर्न गठित कार्यदल औपचारिकरुपमा सक्रिय हुनुपूर्व चार दिनमै विघटन भएपछि गौतमको बालुवाटार यात्रामा ‘स्पिड ब्रेकर’ तेर्सिएको छ, यसपल्ट पनि।

प्रकाशित मिति: : 2020-02-27 21:21:07

प्रतिकृया दिनुहोस्