स्थानीय महिलाको सीपलाई ब्रान्ड बनाउने डाँफे

डाँफेको झम्सिखेलस्थित आउटलेट। तस्बिरः निशा भण्डारी/सेतोपाटी

शिरमा नौ रङ, उड्ने क्षमता तीव्र- नेपालको राष्ट्रिय चरा डाँफे। यस्तै गतिमा उडान भर्न तम्तयार छ, डाँफे वर्क्स।

धेरै महिलाको जीवनमा डाँफेको झैं नवरङ भरिरहेको यो विशेषगरी कपडा ब्रान्ड हो। झोला, पर्स, सलजस्ता सामान पनि बनाउँछ। योभन्दा बढी डाँफे सामाजिक उत्तरदायित्ववाहक कम्पनी हो, जो बाटो अलमलिएका महिलाहरूको सीप र दक्षता अभिवृद्धि गर्नमा लागेको छ।

डाँफेको व्यावसायिक र सामाजिक उडानमा गति भर्ने सात जना छन्, जसमध्ये कृतिष्मा कार्की र विजेश रञ्जितसँग हामीले कुराकानी गरेका छौं।

कृतिष्माका अनुसार, स्थानीय बजारमा डाँफेका कपडा र झोला धेरै बिक्री हुन्छन्। चार वर्षअघि सुरू डाँफेका उत्पादन ग्राहकले मनपराएका छन्। सेलेब्रेटीका दराजसम्म पुगेका छन्।

प्रकाशित मिति: : 2020-02-28 00:08:46

प्रतिकृया दिनुहोस्