पुस्तकमा कर : प्रश्न गर्नेहरुलाई चुप लगाउने सरकारको ‘राणाकालीन रणनीति’

गगन थापा

काठमाडौं

फागुन २ गते संसदमा बोल्दै प्रधानमन्त्रीले हामी सांसदलाई ‘सांसदहरु संसदमा बोल्दैन, बाहिर गएर हल्ला गर्छन्’ भनेर भन्नुभयो । आज यो मण्डलामा उभिएर म सबैभन्दा पहिला प्रस्ट पार्न चाहन्छु, प्रदीप दाइ र मैले आसर ८ गते नै संसदमा उभिएर भनेका थियौँ – पुस्तकमाथि कर लगाउँदा न घरभित्रको मुद्रण उद्योगलाई कुनै सहुलियत, सुरक्षा र संरक्षण प्राप्त हुन्छ, न राजश्व संकलन नै बढ्छ । तपाईंले भन्नु भएका यी दुवै उद्देश्य पूरा हुँदैनन् । त्यसैले यो निर्णय खारेज गरियोस् । त्यो बेलामा अर्थमन्त्रीले जवाफ दिँदै दुई कुराहरु गलत हुन्छन् भनेर भन्नुभयो । तर, आज हामीले भनेको कुरा ठीक थियो भन्ने कुरा प्रमाणित भयो ।

यसले मुद्रण उद्योगलाई फाइदा गरेन किनभने मुद्रण विद्योगका समस्याहरु बेग्लै थिए, बेग्लै छन् । मुद्रण उद्योगका सबै कुरामा कर छ । प्रन्टिङका लागि चाहिने मेसिनमा कर छ, अन्य मेसिनको आयातमा करिब ३० प्रतिशत कुर लाग्छ । यहाँभित्र आयातित पुस्तकमा कर लगाएर नेपालको मुद्रण उद्योगले भोगिरहेका समस्याबाट मुक्ति पाउँदैन । राजश्व बढ्छ भनेर भन्ने हो भने गएको आर्थिक वर्षका ६ महिनाको तुलनामा ३४ प्रतिशतले पुस्तकको आयात घढ्यो । वर्षभरी पुस्तक आयातबाट कति पैसा आउँछ भनेर हेर्यो भने करिब २ अर्बको पाठ्यपुस्तक नेपाल भित्रदै गर्दा पुरै पैसा उठ्दा पनि १० प्रतिशतका दरले जम्मा २० करोड रुपयाँ राजश्व संकलन हुन्छ । त्यो भनेको अहिले मुस्किलले एउटा जन्मोत्सव मनाउन पनि नपुुग्ने अवस्था आउन सक्छ ।

प्रकाशित मिति: : 2020-02-28 00:10:17

प्रतिकृया दिनुहोस्