घोषणा नहुँदै पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट बाहिरिए

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान बिथोलिएको छ। बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’अभियानबाट पूर्वडीआईजी रमेश खरेल लगायतको समूह ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन्।

खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् । खरेलले आफूसहित देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने भन्दै क्षमायाचना गरेका छन्।

 अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो।

पूर्वडीआईजी खरेलले तत्कालका लागि समूहमा नरहने र घोषणासभामा पनि उपस्थित नहुने जनाए ।

यसअघि खरेलले यो अभियानलाई राजनीतिक नभएर सामाजिक अभियानका रुपमा सुरु गर्न लागिएको बताएका थिए । यो अभियानमा ‘भाइरल म्यान’ का रुपमा चिनिएका भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि थिए ।

 

प्रकाशित मिति: : 2020-02-28 03:12:01

प्रतिकृया दिनुहोस्