स्ट्रासबर्ग आगलागीमा पाँचको ज्यान गयो

एजेन्सी

काठमाडाै‌ं

पूर्वी फ्रान्सेली शहर स्ट्रासबर्गमा बिहीबार बिहान सबेरै आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने साता जना घाइते भएका छन्। 

अग्नि नियन्त्रण सेवाका अनुसार सात तले आवासीय भवनमा राति आगलागी शुरु भएको थियो। बाक्लो धुवाँ भवनभित्र फैलिएपछि धेरै मानिसलाई राति नै बाहिर निकाल्नु परेको थियो।
 
मृत्यु हुनेहरुमा ३० र ४० वर्ष उमेर हाराहारीका तीन जना पुरुष र २५ र ७० वर्षका दुई महिला रहेका छन्। 

‘धुवाँका कारण श्वास फर्न कठिन भएर पाँचै जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा देखिएको छ,’ उद्धारकर्मीले बताएका छन्।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको स्वास्थ्य अवस्था निकै नाजूक रहेको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2020-02-28 06:45:47

प्रतिकृया दिनुहोस्