बरुण र नताशाको विहे चर्चा

एजेन्सी

काठमाडौं

यतिबेला चर्चामा छन् अभिनेता बरुण धवन। उनी डिजाइनर नताशा दलालसँग रिलेसिनसिपमा रहेको बताइन्छ। यी जोडीलाई सार्वजनिकरुपमै धेरै कार्यक्रमहरुमा देखिएका छन्।

उनीहरुले नयाँ बर्ष पनि एकसाथ मनाएका थीए। भारतीय मिडियाका अनुसार वरुण र नताशाको बिहे मे महिनामा गोवामा हुने छ। नताशा वरुणको परिवारसँग नजिक छिन्। उनलाई वरुणका पिता डेभिड धवनले निकै रुचाउँछन्।

केही दिनअघि नताशाका बुबाको जन्मदिनमा यी जोडीको कुरा फाइनलसमेत गरिसकेको खबर आएको छ। तर यसबारे दुबैले केही प्रतिक्रिया जनाएका छैनन्। 

यी जोडीले आफ्नो विवाहको लागि नयाँ घर हेरिरहेको खबर छ। तर हालसालै नेहा कक्कर र आदित्यनारायण झाबीच विवाहको चर्चा चलेको थियो। तर, पछि थाहा भयो इन्डियन आइडलको टिआरपीको लागि रचिएको खेलमात्र थियो।

त्यसपछि आलिया र रणवीर कपुरको विहेको चर्चा पनि खुबै चल्यो। यहाँसम्म कि उनीहरु यही वर्ष विवाह गर्ने समाचारहरु आए। तर यसबारे न आलियाले केही बताए न रणवीरले नै। त्यसैले यसलाई पनि सत्यतामा लिन सकिनन्।

प्रकाशित मिति: : 2020-02-28 10:01:59

प्रतिकृया दिनुहोस्