अतिरिक्त समयमा गोल खाँदा आर्सनल स्तब्ध

एजेन्सी

काठमाडाै‌ं

आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएका छ। 

घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनल ओलम्पिकाससँग २–१ ले पराजित भयो।

पहिलो लेगमा १–० को जित निकालेको आर्सनल समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा पछि पर्दै अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो। 

दोस्रो लेगको अतिरिक्त समयमा खाएको गोलका कारण आर्सनलको यात्रा रोकिएको हो। आर्सनललाई स्तब्ध पार्दै ओलम्पिकासले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको छ।

अवे मैदानमा भएको बिहीबार रातिको खेलमा ५३ औँ मिनेटमा ओलम्पिकासका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाए। पहिलो लेगमा आर्सनलले १–० को जित निकालेका र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो।

११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाए।

तर ११९ औँ मिनेटमा एल–अरबीले गोल गर्दै ओलम्पिकासलाई समग्रमा बराबरी गरी अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा तय गर्ने अवस्थामा ल्याएका हुन्।

प्रकाशित मिति: : 2020-02-28 20:06:53

प्रतिकृया दिनुहोस्