नर्मल भनिएकी गर्भवती र पेटभित्रको बच्चाको मृत्यु

रोहित राई

 डाक्टरकै सल्लाहअनुसार नर्मल डेलिभरी गराउने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी–४ हलगडाकल्म्एभ्च्४४लदकउसवर्षीय गर्भवती लक्ष्मी बुढाथोकी र उनको पेटभित्रको शिशुको मृत्यु भएको छ। सुरुमा बुधबार राति करिब आठ बजेतिर बच्चाको मृत्यु भएको थियो भने पाँच घण्टापछि आमाको पनि मृत्यु भएको पीडित परिवारजनको भनाइ छ। प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै मृतकका परिवारजनले घटनामा संलग्न डाक्टरहरूलाई कारबाही गर्न माग गरेका छन्। मृतकका ससुरा कृष्णबहादुर बुढाथोकीले आमा र बच्चा दुवैको अवस्था सामान्य छ भनेर बिपीका डाक्टरहरूले बोलाएकै समयमा अस्पताल आएको तर उपचारमा लापरबाही भएकाले आमा र बच्चा दुवैको मृत्यु भएको बताए।

प्रकाशित मिति: : 2020-02-28 22:07:15

प्रतिकृया दिनुहोस्