सीपी मैनाली सवार कार दुर्घटना नियोजित: माले

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (माले) ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ। मालेले घटनाको भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेको हाे।

‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ,’ मालेका प्रवक्ता कुमाल बेलबासेद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ। विज्ञप्तिमा दुर्घटनाको अन्तरनिहित दुर्नियत योजनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ।

माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो।

सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार, सीपी अहिले खतरामुक्त छन्। 

प्रकाशित मिति: : 2020-02-29 00:35:47

प्रतिकृया दिनुहोस्