ओलीलाई मनाउन नेपाल बालुवाटार पुगे

बिएल संवाददाता

काठमाडाै‌ं

वरिष्ठ नेता माधव नेपाल बालुवाटार पुगेका छन्। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयपछि देखिएको विवादबारे छलफल गर्न उनी  बालुवाटार पुगेका हुन्। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बिहान भएको छलफलबारे जानकारी गराउन र निर्णय कार्यान्वयनका लागि सुझाव दिन नेपाल त्यहाँ पुगेका स्रोतले बतायो। 

खुमलटारमा शुक्रबार बिहानको छलफलमा सहभागी प्रचण्ड, नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालले सचिवालयले सर्वसम्मत निर्णय भएकोले यसलाई कार्यान्वयन हुनुपर्नेमा तीनै नेताको जोड रहेको थियो। पार्टीको माथिल्लो निकायले सर्वसम्मत रुपमा गरेको निर्णय कार्यान्वयन नहुँदा यसले दुर्घटना निम्त्याउने निश्कर्ष छलफलका निकालिएको स्रोतले बतायो। 

खुमलटारको बैठक सकेर चितवन पुगेका प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएकोले यसको कार्यान्वयनको विकल्प नरहेको बताएका छन्। 

खुमलटारमा डाकिएको बैठकमा वामदेव भने स्वास्थ्यका कारण उपस्थित भएनन्।गौतमकै निवास भैंसेपाटीमा शुक्रबार पार्टी महासचिव विष्णु पौडेल र वामदेवबीच कुराकानी भएको छ। 
 

प्रकाशित मिति: : 2020-02-29 02:17:24

प्रतिकृया दिनुहोस्