यदि फुटबल धर्म हुन्थ्यो भने मेसी पक्कै त्यसकाे भगवान हुन्थे: ब्रेथवेट

एजेन्सी

काठमाडाै‌ं

बार्सिलोनामा केही समयअघि अनुबन्धित भएका युवा खेलाडी मार्टिन ब्रेथवेटले कप्तान लिओनल मेसीको प्रशंसा गरेका छन्। 

उनले तारिफ गर्दै मेसीले जस्तो अरु कसैले गर्न नसक्ने बताएका छन्। ‘मेसीले जे–जे गर्न सक्छन् त्यो अरु कसैले गर्न सक्दैनन्। यदि फुटबल धर्म हुन्थ्यो भने मेसी पक्कै त्यसकाे भगवान हुने थिए। किनकि उनी सम्पूर्ण खेललाई सन्तुलनमा राख्न माहिर छन् र उनी उत्कृष्ट खेलाडी हुन्’, ब्रेथ्वेटले प्रशंसा गर्दे भने ।

उनले पहिलोपटक एल क्लासिको आफ्नो लाग नौलो प्रतिस्पर्धा भएको बताए। ‘मेरो लागि एल क्लासिको नयाँ प्रतिस्पर्धा हो,’उनले भने,‘म त्यसको भरपुर अनुभव लिनेछु।’ उनले एल क्लासिको बार्सिलोनाको लागि महत्वपूर्ण भएको समेत बताए ।

आफ्नो डेब्यु खेलमा नै बार्सिालोनाका मेसीका लागि एसिस्ट उपलब्ध गराएका उनले यसअघि मेसीसँग अँगालो हालेको जर्सी कहिल्यै नधुने बताएका थिए । 
उनले आफ्नो बार्सिलोनाको साथमा भएको पहिलो प्रशिक्षणलाई सम्झिँदै बार्सिलोनामा हुन पाउनु गर्वको कुरा भएको बताएका थिए । 

प्रकाशित मिति: : 2020-02-29 04:46:45

प्रतिकृया दिनुहोस्