किताब लगाएको आयात कर फिर्ता नगरे आन्दोलन गर्ने नेविसंघकाे चेतावनी

बिएल संवाददाता

काठमाडाै‌ं

किताब आयातमा सरकारले लगाएको कर फिर्ता लिन नेविसंघले माग गरेको छ। सरकारले पुस्तकआयातमा १० प्रतिशत कर लगाएको छ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति निकालेर पुस्तकमाथि लगाएको कर तत्काल फिर्ता लिन माग गरेका छन्।

‘विद्यार्थीका पाठ्यपुस्तकहरूमा समेत मूल्यवृद्धि भई विद्यार्थीको पढाइ नै महँगो भएका बेला तथा ज्ञानमा कर लगाउने कार्य भएकोले उक्त आयात कर तुरून्त खारेज गरियोस्,’ ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ।

साथै सरकारले इन्धनमा लगाएको कर पनि फिर्ता लिन माग गरेको छ।

‘संसदलाई छलेर इन्धनमा कर बृद्धि गर्नु आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘सरकार संसदीय पद्धति नै कमजोर पार्ने खेलमा लागेकोसमेत प्रष्ट हुन्छ।’

नेविसंघले फागुन १८ गते आइतबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2020-02-29 06:55:38

प्रतिकृया दिनुहोस्