जिप दुर्घटना हुँदा एकको मृत्यु

गुर्भाकोट नगरपालिका–९ सुर्खेतमा जिप शुक्रबार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जिप दुर्घटनामा मृत्यु भएको हो।

नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको लु‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ .१‍‍‍‍ ‍‍‍.ज ४०७९ नम्बरको जिप झुल्केमा सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएका थिए। उनको मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। 

प्रहरी टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए।

उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ। घटनामा सिम्ता–९का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-29 09:52:47

प्रतिकृया दिनुहोस्