ईशान्तको पुरानो चोट बल्झियाे, क्राइस्टचर्च टेस्टबाट बाहिरिने सम्भावना

एजेन्सी

काठमाडाैं

भारतीय टिमका फास्ट बलर ईशान्त शर्माको पुरानो चोट बल्झिएको छ। रणजी ट्रफीका बेला घाइते भएका ईशान्तको पुरानो चोट बल्झिएको हो। 

शनिबारदेखि क्राइस्टचर्चमा सुरु हुने भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट उनले नखेल्ने सम्भावना उच्च भएको छ।

ईशान्त क्राइस्टचर्चमा हुने टेस्टमा नखेल्ने भएपछि उनको ठाउँमा उमेश यादवलाई खेलाउने तयारी गरिएको छ। पहिलो टेस्टमा १० विकेटको फराकिलो हार ब्यहोरेको भारतलाई दोस्रो टेस्ट अघिनै अर्को झड्का लागेको छ।  

जनवरीमा घाइते भएका उनलाई त्यतिबेला झण्डै ६ हप्ता आराम गर्न भनिएको थियो। तर फिट भएको भन्दै यो टेस्टमा ४ हप्ता आराम गरेर कमब्याक गरेका थिए।

जसमा उनले पहिलो पारिमा ५ विकेट पनि लिएका थिए। ईशान्त टेस्ट क्रिकेटमा ३०० विकेट पूरा गर्नका लागि मात्र ३ विकेट टाढा छन्। अहिलेसम्म उनले २९७ विकेट लिएका छन्। 

 

प्रकाशित मिति: : 2020-02-29 10:39:28

प्रतिकृया दिनुहोस्