हाजिर गर्दै ‘टाप’ कस्दै सांसद, गणपूरक नपुग्दा छलफल प्रभावित

बाह्रखरी

काठमाडौं

 प्रतिनिधिसभाको बिहीबारको बैठकमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, ०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भयो । राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर यो विधेयक प्रतिनिधिसभामा आएको हो । 

सांसदहरूले छलफलका क्रममा आ–आफ्नो धारणा राखे । लगत्तै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि भन्दै संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमा आएका सुझाव समेट्ने बताइन् । सभामुख अग्नि सापकोटाले छलफल सकिएको भन्दै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरे । 

प्रकाशित मिति: : 2020-02-29 19:33:11

प्रतिकृया दिनुहोस्