नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गर्छाै‌ं: मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छिन् ।   

मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताइन्। नापी विभागको पनि प्राविधिक टोली त्यसमा क्रियाशील रहेकाले काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन्। 

अव्यवस्थित बसोबास र सुकुम्वासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी गराइन्। कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको मन्त्री अर्यालले बताइन्।

‘अर्थ मन्त्रालयमा गठन आदेश पुगेको छ, सबै प्रक्रिया पूरा गरेपछि आयोग गठन हुन्छ’, उनले भनिन्, ‘आयोग गठनको अन्तिम चरणमा छ, यो आयोग कानूनबाट निर्मित आयोग हो र यो शक्तिशाली हुन्छ ।’
 

प्रकाशित मिति: : 2020-02-29 20:11:35

प्रतिकृया दिनुहोस्