यसकारण लोप भए उपत्यकाका ९४ ढुङ्‍गेधारा

काठमाडौँ उपत्यकाका १० वटा नगरपालिकामा गरिएको एक अध्ययनले ५७३ वटा ढुङ्गेधारा भएको देखाउँछ। तर त्यसमध्ये हाल २०२ मात्र सञ्चालनमा छन् भने ९४ वटा ढुङ्‍गेधारा हराइसकेका छन्।

खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दुई वर्ष लगाएर गरेको एक अध्ययनले यस्तो तथ्याङ्क देखाएको हो।

यसअघि सहरी खानेपानी तथा सरसफाइका लागि गैरसरकारी संस्था मञ्चले सन् २००४ मा यसरी ढुङ्गेधाराहरूको एक अध्ययन गरेको थियो। तत्कालीन पाँचवटा नगरपालिकामा गरिएको उक्त अध्ययनले जम्मा ३८९ वटा ढुङ्गेधारा पहिचान गरेको थियो।

बोर्डको अध्ययनले नयाँ व्यवस्थाअनुसारको १० वटा नगरपालिका समेटेको छ। काठमाडौँ उपत्यकाका सबै नगरपालिका भने उक्त अध्ययनले समेटेको छैन। ती नगरपालिका पनि जोड्दा जम्मा सङ्ख्या भने अझ बढ्नेछ।

तर यहाँ १० वटा नगरपालिकाको तथ्याङ्क प्रस्तुत गरिएको छ। अध्ययनले भन्छ, ‘जम्मा ५७३ ढुङ्गेधारामध्ये ९४ पूर्णतः हराइसकेको छ। यसमध्ये पनि ५२ वटा स्थलगत अध्ययनका क्रममा भेटिएको थियो भने पुरानो अध्ययनलेबाँकी ४२ वटाको नाम–निशानसमेत हराइसकेको छ।’

प्रकाशित मिति: : 2020-02-29 21:50:26

प्रतिकृया दिनुहोस्