पाकिस्तानमा ट्रेनसँग बस ठोक्किदा २० यात्रीको निधन

एजेन्सी

इस्लामावाद

पाकिस्तानको सिन्ध प्रान्तमा यात्री बस र ट्रेन जुध्न पुग्दा २० यात्रीको निधन हुनुका साथै ६० जना घाइते भएका छन्। घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर बनेको छ।

एक प्रहरी अधिकारीका अनुसार शुक्रबार राती सुक्कुर जिल्लामा रोहडी रेल्वे स्टेशन नजिकै घटना भएको थियो। पाकिस्तानबाट प्रकाशित डन पत्रिकाले दुर्घटनामा मर्नेको संख्या बढ्न सक्ने बताएको छ। 

पत्रिकाका अनुसार कराचीबाट रावलपिन्डीतर्फ गइरहेको पाकिस्तान एक्सप्रेस रोहडी रेल्वे स्टेशन नजिकै मानवरहित रेल्वे क्रसिङमा बससँग ठोक्किन पुगेको थियो। रेलसँग ठोक्किएको बस तीन टुक्रा भएको बताइएको छ। 

प्रकाशित मिति: : 2020-02-29 23:37:34

प्रतिकृया दिनुहोस्