उत्तर कोरियाली राष्ट्रपतिको निर्देशनः कोरोना भाइरस रोक, नभए गम्भीर परिणाम भोग्ने छौं

एएफपी

सिओल

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले कोरोना भाइरसको संक्रमणलाई लिएर पार्टीको शीर्ष नेतालाई कडा चेतावनी दिएका छन्। उनले कोरोना भाइरस आफ्नो देशमा भित्रिएको खण्डमा र यसलाई रोक्न असफल भएको खण्डमा गम्भीर परिणाम भोग्न पार्टीको शीर्ष नेतृत्व पंक्तिलाई चेतावनी दिएका छन्। 

कमजोर स्वास्थ्य प्रणाली मानिएको उत्तर कोरियाले कोरोना भाइरसको प्रभाव बढ्ने वित्तिकै आफ्नो देशको सीमा बन्द गरिसकेको छ। 

उत्तर कोरियाको केन्द्रिय समाचार एजेन्सी केसिएनएका अनुसार किमले सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको एउटा बैठकमा कोरोना भाइरसबाट लडनु राज्यको महत्वपूर्ण काम भएको बताएका थिए। उनले अति सावधानी अपनाएर योविरूद्ध लड्न निर्देशन दिएका थिए। 

‘यो नियन्त्रणबाहिर फैलिन सक्ने संक्रमित रोग हो। त्यसैले यो हाम्रो देशमा पनि प्रवेश गर्न सक्छ,’ समाचारमा भनिएको छ। 


 

प्रकाशित मिति: : 2020-03-01 00:02:29

प्रतिकृया दिनुहोस्