कन्हैयाको गाउँ पुग्दा : केही गाउँलेले ‘आतंककारी’ भन्दै घर देखाएनन् ! 'बिहे गर्न हतार छैन'

लोकान्तर

काठमाडौं

जनकपुरधामबाट हामी पाँच जना पत्रकार तीर्थाटनमा भारतको बिहार र झारखण्डस्थित विभिन्न तीर्थस्थलमा दर्शन गर्ने उद्देश्यले गत फागुन ९ गते शुक्रवार निस्किएका थियौं । जनकपुरका पत्रकारहरू अनिल कुमार मिश्र, नित्यानन्द मण्डल, घनश्याम मिश्र, दीपक कुमार कर्ण र मसहित पाँच जनाको टोली सवारीसाधन रिजर्भ गरेर गएका थियौं । बिहारको नालन्दा जिल्लाको राजगीरस्थित विभिन्न कुण्डमा स्नान गर्दै भगवान गौतम बुद्धले ज्ञान प्राप्ति गरेको स्थान बोधगया, विश्व शान्ति स्तुप, पहाड फोडेर सडक बनाएका दशरथ माझीको गाउँ दशरथ नगर,  नालन्दा विश्वविद्यालय, झारखण्डको देवघरस्थित वैद्यनाथ धाम आदिको दर्शन सकेर जनकपुरका लागि १२ गते सोमवार फर्किरहेका थियौं ।

फर्किने बाटोमा नै भारतका प्रभावशाली युवा नेता कन्हैया कुमारको जन्मगाउँ बिहट पर्थ्यो । बिहारको बेगु सराय जिल्लाको बिहट मसनदपुर गाउँमा कन्हैया कुमार जन्मिएका हुन् । बिहटमा पुगेर उनको घर कता हो भन्ने कुराको यकीन गर्नका लागि हामी त्यहीँ चोकमा रहेको एउटा पान पसलमा रहेकालाई सोध्यौं । कन्हैया कुमारको घर कता पर्छ भन्ने हामीले प्रश्न गर्दा त्यो पान पसलमा रहेका ५ जना युवाले आश्चर्य चकित हुँदै  हामीमाथि शंकाको नजरले घुरे । को कन्हैया कुमार रु आतंकवादी कन्हैया कुमार, देशद्रोही कन्हैया कुमारको घर खोजेको हो रु भन्दै उनीहरू हामीमाथि कड्किए । छैन यहाँ कोही कन्हैया भन्दै उनीहरूले हाम्रो प्रश्नको जवाफ दिएनन् । तर पान पसलेले भने केही अगाडि गएर जिरोमाइल चोकमा पुगेर बायाँतर्फ मोडिनुहोला, कन्हैयाकै घर पुग्नुहुन्छ भनेर बताए ।

प्रकाशित मिति: : 2020-03-01 02:08:12

प्रतिकृया दिनुहोस्