जथाभावी शाखा सडक निर्माणले राष्ट्रिय राजमार्गमा क्षति

संरक्षित महाभारत जङ्गलमा पनि डोजर चल्याे

नेपाल लाइभ

डडेल्धुरा

ललित बोहरा

 ग्रामीण क्षेत्रका लागि जथाभावी शाखा सडक निर्माण गर्ने क्रम बढेसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा राष्ट्रिय राजमार्गमा क्षति हुन थालेकाे छ। सार्वजनिक सडक ऐन २०३१ विपरीत शाखा सडक निर्माण गर्दा एकतर्फ सडकमा क्षति पुगेको छ भने अर्कोतर्फ ती सडकमा यातायात संचालन गर्न पनि जोखिम छ। 

स्थानीय तहहरुले मनपरी रुपमा राष्ट्रिय राजमार्ग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्गमा क्षति हुन थालेको स्थानीय गोपाल चन्दले बताए। उनले भने, ‘विगतमा हिलाम्य र धुलाम्य नहुने कलोपत्र सडक अहिले धुलैधुलो र हिलैहिलो भएका छन्। अधिकांश स्थानबाट सडक शाखा निमार्ण भइरहेका छन्। सम्बन्धित निकाय खै?'

प्रकाशित मिति: : 2020-03-01 02:31:52

प्रतिकृया दिनुहोस्