पार्टीभित्र फरक विचार आउनु स्वभाविक : नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन्।

धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक रहेको भन्दै त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताएका हुन्। 

‘कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्छ’, उनले भने, ‘विधान र पद्धतीअनुसार चल्नुपर्छ।’

नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गर्नका साथै यसबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताए। ‘केहि दिनभित्रै आधिकारीक धारणा आउँने छ’ उनले भने।

 राष्ट्रियसभा सदस्यबारे केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने नेता रावलको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-01 03:53:33

प्रतिकृया दिनुहोस्