गाैरी भन्छिन्- डिजाइनिङबारे शाहरुखलाई राम्रो ज्ञान भएन

एजेन्सी

काठमाडाै‌ं

पत्नी गौरीले शाहरुखको चलचित्रहरु एकएक चल्न छाडेपछि उनलाई नयाँ करिअरका बारेमा सुझाएकी छन्।

गौरीको डिजाइनिंग स्टोरमा आयोजित एक कार्यक्रममा मिडियासँग कुराकानी गर्दै गौरीले करिअर डिजाइनिंग हुनसक्ने र डिजाइनिंगका बारेमा शाहरुखलाई राम्रो ज्ञान भएको बताइन्। 

घरमा डिजाइनिंगको हिसाबले कतिपय परिवर्तन गर्न शाहरुखले सुझाव दिने गरेका छन्। अब भने उनले दोस्रो करिअरका रुपमा डिजाइनिंगका बारेमा सोच्नुपर्छ किनकि उनी राम्रो डिजाइनर हुन्, गौरीले भनिन्।

चलचित्र जिरोपछि शाहरुख कुनै फिल्ममा देखिएका छैनन्। तर, राजकुमार हिरानीको आगामी फिल्ममा उनी देखिनसक्ने अनुमान गरिएको छ। चलचित्रको शुटिंग अगस्टबाट शुरु हुने अनुमान गरिंदैछ। यसको कुनै औपचारिक जानकारी भने गरिएको छैन।

प्रकाशित मिति: : 2020-03-02 02:05:14

प्रतिकृया दिनुहोस्