आतंकवादी ओसामा बिन लादेनलाई मार्न अमेरिकाको सहयोग गरेका डाक्टर शकिल आफ्रिदीले जेलमै भोक हडताल सुरु गरेका छन्। सन् २०११ मा नक्कली खोप कार्यक्रमको आयोजना गर्दै उनी लादेन लुकेर बसेको स्थानसम्म पुगेका थिए। उनले ने अमेरिकालाई गोप्य सूचना उपलब्ध गराएका थिए।
आफ्रिदीका भाई जमिलले मध्य पञ्जाब प्रान्तको जेलमा आफ्नो दाजुलाई खराब अवस्थामा राखिएको बताएका छन्।
आफ्रिदीले परिवारसँग भइरहेको अन्याय र अमानवीय व्यवहारको विरोधमा भोक हडतालमा बसेको बताएका छन्।
आफ्रिदीका वकिल कमर नदिमले पनि हडतालको पुष्टी गरेका छन्। उनलाई पनि आतंकवादीसँग सम्बन्ध राखेको आरोपमा पाकिस्तानको अदालतले २०१२ मा ३३ वर्षको जेल सजाय तोकेको थियो। आफ्रिदीले भने यसको खण्डन गर्दै आइरहेका छन्।
हाल उनको सजाय १० वर्ष कम गरिएको छ।
आफ्रिदीलाई पाकिस्तानी अदालतले दिएको जेल सजायको विरोधमा थुप्रै अमेरिकी सांसदले बक्तब्य पनि निकालिसकेका छन्। उनीहरूले आफ्रिदीलाई जबरजस्ती फसाउन खोजिएको आरोप लगाएका छन्। लादेनको हत्या राजधानी इस्लामाबाददेखि केही टाढा अबोटाबादमा भएको थियो।