“बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? . . .”

गोरखापत्र

काठमाडौँ

हेमन्त केसी

“बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।” यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ ।

गाउँपालिकाले गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्येक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठ्ठी लेखिएको पत्र घरका आफन्तलाई पठाएर विशेष सन्देश प्रवाह गरिरहेको छ । चिठ्ठीमा गर्भावस्थादेखि चेतनाको वृद्धि हुञ्जेलसम्मका कुराहरु लेखेर पटक पटक बालबालिकाको भविष्यका लागि अभिभावकलाई सम्झाउने काम गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-03 05:54:34

प्रतिकृया दिनुहोस्