त्रिविको समाजशास्त्र विभागमा यसरी फ्याँकिएका छन् विद्यार्थीका थेसिस (तस्बिरहरु)

त्रिवि केन्द्रीय  परिसरमा अहिले धमाधम रंगरोगन हुँदै छ, कतै सम्याएर पार्क बनाइँदै छ, कतै झारहरु उखेलिँदै छ। एउटा कुनामा भने फोहोरको डंगुरजसरी तपाईँहरुले गर्नुभएका थेसिसका रास छन्, तस्बिरमा देखाएजसरी।

तपाईँहरुमध्ये कतिले त्रिविमा एमए पढेर थेसिस बुझाउनुभएको होला। थेसिस लेख्न सजिलो हुँदैन। शिक्षकहरुले स्वीकृत गरेको विषयमाथि अध्ययन-अनुसन्धान गरेर लामो प्रयासपछि तयार हुन्छ तपाईँको थेसिस।

एमए पढ्ने सोच्नुभएको छ भने पनि थेसिस त गर्नैपर्छ।

आफ्नो अध्ययनको महत्वपूर्ण भाग थेसिस विश्वविद्यालयमा फोहोरको रासजसरी सार्वजनिक ठाउँमा थुपारेको देख्दा तपाईँको चित्त दुख्छ कि दुख्दैन?

प्रकाशित मिति: : 2020-03-03 12:29:33

प्रतिकृया दिनुहोस्