यसकारण रद्द गरिएको थियो ८ अर्बको ‘इ-पासपोर्ट’ टेन्डर

नेपालन्यूज

काठमाडौं

सुरेन्द्र पौडेल 

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले सोमबार २० लाख विद्युतीय पासपोर्ट (इ-पासपोर्ट) आपूर्ति, छपाइ र जारी गर्नको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। विभागले इ-पासपोर्टको लागि यसरी टेन्डर आह्वान गरेको यो दोस्रोपटक हो।

‘२० लाख प्रति इ-पासपोर्टको लागि सोमबार पुनः बोलपत्र आह्वान गरिएको छ,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘पहिला सरकार आफैंले सुरक्षण मुद्रण छापाखाना राखेर काम गर्ने भनेर बोलपत्र रद्द गरिएको थियो, जुन विभिन्न कारणले अघि बढ्न सकेन।’

प्रकाशित मिति: : 2020-03-04 05:00:22

प्रतिकृया दिनुहोस्