शिक्षा मन्त्रालयले भन्याे– कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्नू

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो।

त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न पनि सूचनामा भनिएको छ।

प्रकाशित मिति: : 2020-03-04 06:59:39

प्रतिकृया दिनुहोस्